पूर्व राजा ज्ञानेन्द्र शाह व्यक्तिगत कामका सिलसिलामा आज भारत गएका छन् ।
पत्नी कोमल शाहसहित राजस्थानको अजमेरस्थित आफन्तको विवाहमा सहभागि हुन उनी त्यसतर्फ गएका हुन् । प्रस्थानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले जनचाहना अनुसार अगाडी बढे देशले निकास पाउने संक्षिप्त प्रतिक्रिया दिए ।
तीन साता लामो भ्रमण भएपनि कुनै राजनीतिक भेटघाट नहुने बताइएको छ । तर भ्रमणको कार्यक्रम भने सार्वजनिक गरिएको छैन । उनकी बुहारी हिमानी भने एक साता अगावै राजस्थान गैसक्नु भएको छ ।
भ्रमणमा नाती नातिनाका साथ पूर्व राजपरिवारको २५ जना टोली रहेका छन् । भ्रमणका क्रममा पूर्व राजा ज्ञानेन्द्र केही धार्मिक पीठमा पुग्ने कार्यक्रम पनि रहेको बताइएको छ । IMAGECHANNELS