लामो रस्साकस्सीपछि नेपाली काँग्रेसले समानुपातिक तर्फ पाएको ९१ जना सभासदको टुंगो लगायो । र त्यही अनुरूप निर्वाचन आयोगमा समानुपातिक सभासदको सूचीपनि बुझायो । तर सर्वसम्मतिले भने केन्द्रीय समितिमार्फत निर्णय गराउन सकेन । शुरू देखि नै पार्टी सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर देउवाले ६० र ४० प्रतिशतका अधारमा सभासदको भागबण्डा गर्नु भएको थियो । त्यसमा अन्तिम समयमा उपसभापति रामचन्द्र पौडेलले असहमति जनाउँदै भागवन्डा गर्ने भए आफूलार्इ पनि ३३ प्रतिशत दिनु पर्ने वताउनु भएको थियो ।
अन्तिम समयमा सभापति कोइरालाले उपसभापति रामचन्द्रलार्इ मनाएपछि संस्थापन पक्ष र देउवा पक्षवीच ६० र ४० कै अनुपातमा सभासद बाँडफाँड गरियो र अन्तिम सूची तयार पारेर केन्द्रीय समितिको वैठक मार्फत अनुमोदन पनि गराइयो । तर संसदीय बोर्डले ल्याएको सूची भने सर्वसम्मतिवाट पास हुन सकेन र त्यसको टुंगो बहुमतीय प्रक्रियावाटै लगाइयो । केन्द्रीय समितिको वैठकको सुरूमै प्रमुख तीन नेता सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले बोल्नु भयो । उहाँहरू तीनै जनाले स्वरमा स्वर मिलाएर भन्नुभयो- हामीले सवैलार्इ न्याय गर्न सक्दैनौँ र सकेनौँ । सकेसम्म सवैलार्इ मिलाएर सूची तयार पारेका छौँ भन्दै ताली बजाउन भनियो । तर त्यही समयमा केन्द्रीय सदस्य नेता गगन थापाले शीर्ष तीन नेताको भनार्इलार्इ प्रतिवाद गर्दै भन्नुभयो-यो हामीलार्इ स्वीकार्य छैन । थापाले तीन शीर्ष नेताले मात्रै गरेको निर्णय मान्य नहुने भन्दै त्यसको विरोध गर्नु भयो । थापाले बैठकमा भन्नुभयो, यो पार्टीले गरेको निर्णय होइन । पार्टीभित्रको गुट उपगुटले गरेको निर्णय हो । हामीलार्इ अमान्य छ ।