एकीकृत नेकपा माओवादीले शुक्रबार आफ्ना केन्द्रीय सल्लाहकारसंग छलफल गर्दैछ ।
पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा माओवादी सल्लाहकारहरुसंग माओवादी शीर्षनेताले छलफल गर्ने तयारी भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
केन्द्रीय समिति बैठकको तयारीका लागि माओवादीले सल्लाहकार समितिसंग छलफल गर्न लागेको हो । समसायिक राजनीतिक अवस्थाका विषयमा सुझाब लिन सल्लाहकार समितिसंग छलफल गर्न लागेको नेताहरुले बताएका छन् ।
माघ दुई गते बस्ने केन्द्रीय समिति बैठकका लागि सुझाब माग्ने र त्यसै अनुसार प्रतिवेदन तयार गर्ने माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशले समानुपातिक सभासद् छनोटमा असन्तुष्टि जनाएपछि माओवादी भित्रको विवाद चर्किएको छ ।