एमाले अर्घाखाँचीको दुवै निर्वाचन क्षेत्रका समिक्षा वैठकहरु सम्पन्न

अर्जुन भुसाल 
अर्घाखाँची पुस २६ । नेकपा एमाले अर्घाखाँची जिल्लाका दुवै निर्वाचन क्षेत्रका वैठकहरु सम्पन्न भएको छन । 
वैठकले निर्वाचनको समिक्षा, गरि अर्घाखाँचीको २ नं. निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार दुमन थापालाई विजयी बनाएकोमा मतदाताहरुलाई धन्यवाद  दिएको छ । 
साथै निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय, जिल्ला प्रशासन, निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालयल लगायतका निर्वाचनमा भूमिका निर्वाह गरेका  निकायहरुलाई धन्यवाद समेत दिएको छ ।
 वैठकले निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित वातवरणमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । 
वैठकमा एमाले केन्द्रिय सदस्य नजिर मियाँ, केन्द्रिय निर्वाचन आयोगका सदस्य वोमबहादुर विक, जिल्ला अध्यक्ष चेतनारायण आचार्य, राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य नरेन्द्रकुमार क्षेत्री, कुटमदिन अलि,अञ्चल समन्वय कमिटीका सदस्य लक्ष्मण रायमाझी, रामजी घिमिरे, पिताम्मर शारु, केन्द्रिय स्कुल विभागका सदस्य वुद्धि रायमाझी, मुक्ति पाण्डे, रामलाल सुनार, जिल्ला कमिटी उपाध्यक्ष जीवनारायण कोइराला, सचिव रामवहादुर चौहान, उपसचिव प्रेमनारायण गैरे, दुई नंं. निर्वाचन क्षेत्रका विजयी उम्मेदवार दुमन थापा लगायतले मन्तव्य राखेका थिए । 
क्षेत्र नं. १ को वैठकको अध्यक्षता दधिराम आचार्य, र २ नं. क्षेत्रको अध्यक्षता डिल्लीराम शर्मा गैरेले गर्नुभएको थियो । 
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

  

अन्य समाचारहरु