प्रदर्शन गर्न रोक लगाउने प्रावधान रहेको कानुन खारेज गर्न युक्रेनका राष्ट्रपति र विपक्षी नेताबीच सहमति

 प्रदर्शन गर्न रोक लगाउने प्रावधान रहेको कानुन खारेज गर्न राष्ट्रपति र विपक्षी नेताबीच सहमति भएको छ । युक्रेनका राष्ट्रपति भिक्टर यान्कोभिचले सोही कानुनको कारण सरकार विरुद्ध प्रदर्शनकारीहरुको आक्रोश बढेको भन्दै सो कानुन खारेज गर्न सरकार सहमत भएको बताएका छन् ।
राष्ट्रपति यान्कोभिचले प्रदर्शनकारीहरुले सडक अबरोध हटाई सरकारी भवनहरुमा आक्रमण गर्न बन्द गरे पक्राउ परेकाहरुलाई पनि छाड्न सरकार तयार रहेको बताएका छन् । तीन जना मुख्य विपक्षी नेतासंगको वार्तामा उनले सरकार लचिलो हुने संकेत गरे पनि प्रदर्शनकारीहरुले भने उनकै बर्खास्तीको माग गरिरहेका छन् ।
युरोपियन युनियनसंग सम्झौतामा हस्ताक्षर गर्न अश्वीकार गरेर रुससंगको सामप्यिता कायम राख्न खोजिरहेका यान्कोभिच विरुद्ध विगत केहीसातादेखि प्रदर्शन भईरहेको छ । Agencies