अपांग सरोकार केन्द्रको भेला तथा बैठक सन्धिखर्कमा सम्पन्न

प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची १६ माघ । सृजनसिल अपांग सरोकार केन्द्र सन्धिखर्क अर्घाखाँचीको भेला तथा बैठक  सदरमुकाम सन्धिखर्कमा आज सम्पन्न भएको छ । 
जुनसुकै समिति निर्माण गर्दा पनि अपांगता भएका ब्यक्तिलाइ अनिबार्य रुपमा प्रतिनिधित्व गराउनु पर्ने, भौगोलिक बिकटताको कारण परिचय पत्र बनाउन बञ्चित भएकालाइ घरघरमा गएर परिचय पत्र दिन जिल्ला प्रशासन र महिला बिकास कार्यलयलाइ अनुरोध गर्ने  लगायतका बिभिन्न माग तथा अनुरोध गर्ने निर्णय गर्दै भेला  सम्पन्न भएको हो । 
केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महिला तथा बालबालिका  कार्यलयकी सुभद्रा घिमिरे, जिबिस अर्घाखाँचीका कमल पोख्रेल, समन्वय समितिका सचिब मोहन भटराई, सुस्थ मनथिस्ती केन्द्रकि कमला भुसाल, दामोदर बिसी लगायतले मन्तब्य राखेका थिए । 
 भेलाले अपांगताको क्षेत्रमा काम गरिरहेका बिभिन्न संघ सस्थामा छरिएर रहेका सस्थाका प्रतिनिधिको उपस्थितिमा फर्सुराम पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको समेत गठन गरेको छ । जसको उपाध्यक्षमा दामोदर बिसी, सचिबमा मोहन भटराइ, सहसचिबमा बिष्णुप्रसाद पाण्डे,  कोषाध्यक्षमा बिष्णुप्रसाद पाण्डे र सहकोषाध्यक्षमा उमा रिजाल रहेका छन । जसको सदस्यहरुमा खिमाबहादुर घर्ती, बिष्णु बेल्बासे, देबीप्रसाद भटराइ , तुल्सा भटराइ, कमला भुसाल रहेका छन । 
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 
  

अन्य समाचारहरु