तानसेन, पाल्पा बिहीबार २३ माघ, २०७० । पाल्पामा भएको बस दुर्घटनामा अर्घाखाँची जिल्लाको नरपानी गाबिस वार्ड नम्बर- ८ का पदम झाँक्री मगरको मृत्यु भएको छ।
अन्दाजी ६०-६२ वर्षिय पदम सहित दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। १२ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
पोखराबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ४९२४ नम्बरको यात्रुवाहक बस सिद्धार्थ राजमार्ग अन्तर्गत चिदीपानी गाविसको वडा नं. २ भालुखोलामा दुर्घटनाग्रस्त भएको हो। बस सडकबाट ५ सय मिटर तल खोलामा थियो।
बसमा सवार अन्य ७ जना घाइते भएका छन्। घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र प्रभासको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
राति १ बजेको समयमा दुर्घटना भएको थियो। दुर्घटनाको जानकारी पाएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दा उद्धारमा खटिएका थिए। रातको समय भएकोले उद्धारका लागि निकै कठिनाइ भएको थियो।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।