काठमाडौं , फाल्गुन १३ – व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकमा सांसदहरूले एसएलसी परीक्षाभर लोडसेडिङ नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा बोल्नेहरूले विद्यार्थीको हित हुने गरी विद्युत् भारकटौतीको कार्यतालिका मिलाउन माग राखे । विद्युत् प्राधिकरणले विगतमा परीक्षा अवधिभर लोडसेडिङ हटाउने गरेको थियो ।
चैत ६ देखि १४ गतेसम्म हुने परीक्षामा सहभागी हुन नियमित र ‘एक्जाम्टेड’ गरी ५ लाख ६६ हजार ८५ जनाले फाराम भरेका छन् । यो संख्या गत वर्षभन्दा ५४ हजार ९ सय २० जनाले बढी हो ।
EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन १३