संविधानसभा उपाध्यक्षका लागि एमाओवादीकी ओनसरी घर्तीको उम्मेदवारी समर्थकमा कांग्रेसका ढुंगाना

संविधानसभाको उपाध्यक्षका लागि एमाओवादीकी सभासद ओनसरी घर्तीले उम्मेदवारीको प्रस्ताव दर्ता गराएकी छिन् ।
नेपाली कांग्रेसका सभासद आनन्दप्रसाद ढुंगानाको समर्थन तथा एमाओवादी नेता कृष्णबहादुर महराको प्रस्तावमा मंगलवार बिहान घर्तीले संविधानसभाको सचिवालयमा आफ्नो उम्मेदवारीको प्रस्ताव दर्ता गराएकी हुन्।
उपसभामुखका लागि कांग्रेस र एमालेले एमाओवादीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि घर्ती उपसभामुख हुने लगभग निश्चित भएको छ।
संविधानसभाका उपसभामुखको चयनका लागि घर्तीले संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव बुधवार बस्ने संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ । SETOPATI