प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १ चैत । सदरमुकाम सन्धिखर्क शान्ती बगैचामा आदिबासी जनजाती महोत्सब हेर्न आएका हजारौ दर्शकलाइ आज कलाकारहरुले छमछमती नचाएका छन ।
कलाकार मिलन लामाले घरमा पराल बारीमा बन्सो , केछ तनी सञ्चोकि बिसञ्चो गित गाउन थाले पछ सबै बसेका दर्शकहरु पनि मञ्च तर्फ नाच्न आए । कोहि भने आफै बसेको ठाउमै उठेर नाच्न थाले । दर्शकहरु जति जति नाच्न थाले मिलनले त्यति त्यति गित थप्न थाले अनि हजारौ दर्शकहरु कोहि नाच्न , कोहि गाउन त अधिकांसले ताली बजाउन थाले । लालुपोत फुल हैन रुख मात्रै, बेसाहाराको मन छैन रुप मात्रै , लगायत भजनहरु प्नि गाएर दर्शकलाइ भर पुर मनोरञ्जन प्रदान गरेका छन ।
मिलनले मात्र हैन कलाकार देबी घर्ती मगरले जिम्माल बाको आगनीमा नारन पुजा लाको, फुलमा माहुरी फुले बेलामा , लाहुरे दाइले झुक्कायो मलाइ जीनको चोली मखमली भनेर लगायतका गितहरु गाएर दर्शकहरुलाइ छमछमी नचाएकि छन ।
आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन, स्थानीय जनजातीका उत्पादनलाइ बढवा दिन, अन्य घरेलु सामाग्रीको पहिचानका साथै जनजातीहरुको लोपोन्मुख नाच, भेसभुसा तथा खानाको प्रचारप्रसार गर्न आयोजना गरिएको महोत्सबमा आज मिलन लामा र देबी घर्ती मात्र हैन अन्य कलाकारहरुले पनि भरपुर मनोरञ्जन प्रदान गरेका छन ।
कपिलबस्तुको बहुजातीय सास्कृतिक परिवारले पनि लोपोन्मुख मगरजातीको कौडा नाच , र मारुनी नाच , हिमाली क्षेत्रमा नाचिने चौरी नाच देखाएको छ । अन्य स्थानीय कलाकारहरुले पनि लोपोन्मुख नृत्यहरु देखाएका थिए ।
अर्घाखाँचीमा रहेका जनजातीहरु मगर, नेवार, कुमाल र गुरुंग जातीका आफ्नै भासाका गित , पहिरन, भेसभुसा र जनजातीका खानाको समेत महोत्सबमा प्रदर्शन गरिएको छ ।
हिज शुक्रबार देखि सुरु भइ चैत ४ गते सम्म जारी रहने महोत्सबमा जनजातीको सस्कृती झल्कने खालका मनोरञ्ननात्मक कार्यक्रम, जनजातीका खानाका परिकार, गित, नृत्य, झाकी लगायतका लोपोन्मुख सस्कृतीको साथमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको मनोरञ्जनात्मका प्रस्तुती समेत रहने महोत्सब मुल आयोजक समितिका संयोजक युबराज श्रेष्ठले जानकारि दिनु भयो ।
तस्बिर: प्रेमनारायण आचार्य ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।