पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता नहुने

विराटनगर, चैत्र २ ।  सूचना तथा संचार मन्त्री डा.मिलेन्द्र रिजालले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता नहुने बताएका छन् । आज, विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री रिजालले अत्यन्तै वाध्यात्मक अवस्थाका कारण सरकारले पेट्रोलियम पदार्थमा मुल्य वढाएको वताए ।
उनले आयल नियम जोगाउनका लागि पनि पेट्रोलियम पदार्थमा मुल्य बढाउनुको विकल्प नभएको जिकिर समेत गरे । मन्त्री रिजालले किसानले दूधको उचित मुल्य नपाएकैले किसानहरुको हितलाई ध्यानमा राखेर दूधमा मुल्य वढाइएको वताए ।IMAGECHANNEL