सरकारले पेट्रोलियम पदार्थको सहज आपूर्ति र आयल निगमको प्रतिस्पर्धी क्षमता बढाउन निजी क्षेत्रलाई पनि कारोबार खुला गर्ने

काठमाडौं, चैत्र ४ । सरकारले पेट्रोलियम पदार्थको सहज आपूर्ति र आयल निगमको प्रतिस्पर्धी क्षमता बढाउन निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको कारोबार खुला गर्ने भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई पनि खुला गर्ने जनाएको हो ।
पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि लागतको आधारमा मूल्य समायोजन गर्दै लैजाने नीति अबलम्बन गर्ने सरकारले भनेको छ ।
सार्वजनिक संस्थानहरुको अवस्थामा सुधार ल्याउने, उपभोक्ता हीत विपरित कायम सिण्डिकेट प्रथा खारेज गर्ने, बजेट तर्जुमा र कार्यान्वयनलाई राजनीतिबाट अलग गराउने र निश्चित समयमा बजेट सार्वजनिक गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा भनिएको छ ।
नीति तथा कार्यक्रममा रोजगारीका अवसर सिर्जना गर्ने, जलस्रोत, पूर्वाधार, पर्यटन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिने र त्यस क्षेत्रमा वैदेशिक सहायता परिचालनमा जोड दिने पनि जनाइएको छ ।
करको दायरा विस्तार गर्ने, वित्तिय क्षेत्रमा सुधारका सम्बन्धमा विचाराधीन विधेयकहरुका बाँकी काम सम्पन्न गरी वित्तिय क्षेत्रलाई सुदृढ, भरपर्दो र दरिलो बनाउने, उच्च आर्थिक बृद्धिदर हासिल गर्न सार्वजनिक र निजी क्षेत्रको लगानी बृद्धि गर्ने, औद्योगिक व्यवसाय ऐन २०४९ लाई संशोधन गर्ने विधेयकलाई उच्च प्राथमिकतामा राख्ने पनि सरकारले भनेको छ ।
निर्यात मुलुक उद्योगहरुको प्रबद्र्धन गरी व्यापार असन्तुलन कम गर्न विशेष आर्थिक क्षेत्रको स्थापना र सञ्चालनलाई विशेष जोड दिने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा गरिएको छ । 
IMAGECHANNELS