काठमाडौं, चैत्र १२ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक डीबी लामाको ८४ वर्षको उमेरमा गएराति निधन भएको छ । नुवाकोटको गेर्खुस्थित पुख्र्यौली घरमा रहेकोबेला हृदयघात भइ उनको निधन भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् ।
२०३९ सालदेखि २०४३ सालसम्म प्रहरी महानिरीक्षक भएका लामा २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना भएपछि राजनीतिमा प्रवेश गरेका थिए । उनी सांसद र २०५६ सालमा सामान्य प्रशासन सहायक मन्त्री समेत बनेका थिए ।
भूतपूर्व प्रहरी संघको अध्यक्षसमेत राणाले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले प्रहरी सेवामा आफ्ना अनुभवहरुलाई समेटेर पुस्तक समेत लेखेका छन् ।
लामाको आजै अन्त्येष्टी गरिने जनाइएको छ । IMAGECHANNELS