राष्ट्रिय स्तरको भलिवलमा भाग लिन आउने खेलाडीहरुलाई सन्धिखर्कका होटल ब्यबसायीको विषेश छुट

प्रेमनारायण आचार्य


सन्धिखर्क, अर्घाखाँची २४ चैत । अर्घाखाँचीको  सदरमुकाम सन्धिखर्कमा जिल्लामै अहिले सम्मकै सबै भन्दा ठुलो राष्ट्रिय स्तरको भलिवल प्रतियोगितामा भाग लिन आउने खेलाडीहरुलाइ जिल्लाका होटल ब्यबसायीहरुले खान र बस्नमा विषेश छुट प्रदान गर्ने भएका छन ।

 

अर्घाखाँची युबा परिसद अर्घाखाँचीको आयोजनामा परिसदको कार्यलयमा आज भएको परिसदका पदाधीकारी र होटल तथा रेष्टुरेण्ट ब्यबसायी समितका पदाधीकारी बिच भएको छलफल तथा अन्तरक्रिया कार्यक्रमले खेलाडीलाइ बिशेस छुट सहमति भएको हो ।


छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल तथा रेष्टुरेण्ट ब्यबसायी समितका अध्यक्ष नबराज भण्डारी, सचिब बिष्णु बन्जाडे, कोषाध्यक्ष कृष्ण प्रसाद आचार्य  र अर्घाखाँची युबा परिसदबाट अध्यक्ष कृष्णप्रसाद भुसाल लगायतका पदाधीकारीको उपस्थिति रहेको थियो ।


   अर्घाखाँची युवा परिषद सनिधखर्कले सदरमुकाम सन्धिखर्कमा नयाँ वर्षको अबसर पारेर  चैत्र २७ गते देखि राष्ट्रब्यापी खुल्ला भलिवल प्रतियोगिताको  आयोजना गर्न लागेको छ ।


    भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाइ एक लाख रुपैया नगद सहित शिल्ड , मेडल र प्रमाण पत्र , द्धितीय हुने टिमलाइ ५० हजार रुपैया नगद  र प्रमाण पत्र र तृतीय हुने टिमलाइ २५ हजार रुपैया नगद र प्रमाण पत्र प्रदान गरिने परिसदका सचिब डिल्लीराज खनालको भनाइ छ ।


जिल्लालाई राष्ट्रिय रुपमा परिचित गराइ आन्तरिक पर्यटनमा टेवा पु

अन्य समाचारहरु