बाबु रोका मगर “अपरिचित”
असुरकोट-९,जोगिटारी,अर्घाखाँची
टुट्नु होइन जुट्नु पर्छ
फुट्नु होइन मिल्नु पर्छ
आलस होइन साहस गर्नु पर्छ
रिसराग होइन बहस गर्न सिक्नु पर्छ |
अनेकता मा होइन एकतामा बाँधिन सिक्नु पर्छ
भ्रष्ट्रचार को बिरुद्द चर्को आवाज उठाउन सक्नु पर्छ |
देश चलाऊछु भन्नेले विर शहीदका सपना पुरा गर्नु पर्छ
कुर्शी मा बस्न खोज्ने ले त्यो लाछी स्वार्थिपन छोड्नु पर्छ |
यो देश ले मलाई के दियो होइन?
यो देश लाई मैले के दिए भन्ने भावना हुनु पर्छ |
नेपाली जनताहरुले अब कुरा बुझ्नु पर्छ
देशमा नियम,कानुन र संबिधान छिटो हुनु पर्छ |