काठमाडौं चैत्र २५ – संविधानसभा बैठकमा लगातार १० दिन खबरै नगरी अनुपस्थित रहने सभासदको स्थान रिक्त घोषित गरिने भएको छ। संविधानसभा नियमावली र अन्तरिम संविधानमा भएको व्यवस्थाबमोजिम बैठकमा सभासदको उपस्थिति निगरानी गर्न थालिएको हो।
प्रमुख दलकै केही सभासद सभालाई जानकारी नदिई लगातार अनुपस्थित रहेको भन्ने सूचनाका आधारमा हाजिरी हेर्ने काम भइरहेको सचिवालय स्रोतले जानकारी दियो। संविधानसभाका १४ बैठक बसिसकेका छन्।