वीवीसी ट्रष्टका अध्यक्ष लर्ड पेटेनद्धारा अस्वस्थताका कारण पदबाट राजीनामा

वैशाख २४ । वीवीसी ट्रष्टका अध्यक्ष लर्ड पेटेनले अस्वस्थताका कारण पदबाट राजीनामा दिएका छन् । 
लर्ड पेटेन विगत केही दिनदेखि टाउको दुखाईका कारण अस्पतालमा उपचार गराउंदै छन् भने उनको मुटुको पनि शल्यक्रिया गरिएको थियो । 
चिकित्सकहरुले उनलाई काम गर्न नमिल्ने सल्लाह दिएपछि पेटेनले राजीनामा दिएका बीबीसीले जनाएको छ ।
पेटेन सन् २०११ देखि वीवीसीमा अध्यक्षका रुपमा कार्यरत उनको कार्यकाल सन् २०१५ माञ सकिंने थियो । उनको ठाउँमा हाल सोही ट्रष्टका उपाध्यक्ष डियान कोयलले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । 
-वीवीसी