शान्ती संझौता अक्षरस पालना नभए मुलुक युद्धमा जान्छ: चन्द

शोभाखर पन्थी 
अर्घाखाँची बैशाख २८ – नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द  विप्लवले विस्तृत शान्ती सम्झौता अक्षरस पालना नभए मुलुक पुःन द्वन्द्वमा जाने बताउनु भएको छ । 
नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्धारा आईतवार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै, उहाले तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको सम्झौता उलंघन गरी संसदवादी दलहरुले मुलुकलाई पुःन भिडन्तमा लैजाने षडयन्त्र गरेको आरोप लगाउनु भयो । आफ्नो पार्टीको आग्रहलाई वेवास्ता गर्दै गरिएको निर्वाचन पछीको संविधान सभाले मुलुकलाई निकास दिन नसक्ने भन्दै उहाले संविधानसभा खारेज गरी राष्ट्रिय गोलमेचसभा मार्फत दलिय सहमतिमा अग्रगामी संविधान निर्माण गर्नुको कुनै विकल्प नभएको बताउनु भयो । 
दलहरुले सहमतिको बाटोलाई कुल्चिएर बहुमतको आधारमा जवरजस्ती अघिबढे मूलुक समानान्तर दिसामा अघिबढ्ने बताउदै, उहाले भन्नुभयो-आवश्यक परे युद्धकालीन सबै संरचना ब्युताउन सकिन्छ । 
उहाले माओवादीलाई बाहिर राखे परिणाम गम्भीर हुने चेतावनी दिनुभयो । हामी आफैले बन्दुक र सेना बनाउने पक्षमा छैनौ