पूर्व प्रधानमन्त्री माधव नेपाल वीर अस्पतालको आइसीयूमा भर्ना

काठमाडौ, वैशाख ३१ – स्रोतका अनुसार पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधव नेपाल बिरामी भएपछि वीर अस्पतालको आइसीयूमा भर्ना गरिएका छन् । 

नेता नेपाललाई बुधबार ५ बजेर २० मिनेट जाँदा उच्च ज्वरोका कारण अस्पताल लगिएको थियो ।
छाति र विसावमा समस्या देखिएपछि उनलाई आज साँझ अस्पताल लगिएको थियो। 
प्रारम्भीक परिक्षण पछि नेपाललाई एन्टिवायोटिक चलाइएको छ। उपचारमा संलग्न एक चिकित्सकका अनुसार नेपाललाई निमोनिया र विसावको संक्रमण भएको छ।