सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु भएको छ।
खुला सत्रको उद्घाटन मैन बती बालेर पूर्व सभासद तथा राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिब शन्त बहादुर नेपालीले गरेका थिए ।
तेस्रो सम्मेलनको खुला सत्रमा शुभकामना मन्त्ब्य दिदै सभासद शन्त बहादुर नेपालीले भने देसमा नयाँ सबिधान बन्नेमा शन्का ब्यक्त गर्दै उन्ले भने बिदेस दौडामा लागेर समय बर्बाद गर्ने सभासद र राजनीतिक दलका नेताले सबिधान बनाउनेमा भन्दा पनि बिदेस सयर गर्ने र धुकुटी रिताउने काम गरेकोले समयमै सबिधान जारी गराउनको लागि जनदबाब सिर्जना गर्नु पर्ने बताए।
नेपालीले देसलाई जातिय र संघियतामा धकल्ने पर्पच माओबादी लगायतका मुख्य दलले रचेको हुनाले देसमा सबिधान सजिलै समयमै जारी हुन नसक्ने बताए ।
यसैगरी अखिल छैठौका केन्द्रिय अध्क्ष्य अनिल किशोर घिमिरे, राष्ट्रिय जन्मोर्चाका केन्द्रिय सचिब कृष्ण अधिकारी प्रमुख बक्ता रहेको सो कार्यक्रममा अनेम संघ कि केन्द्रिय सद्स्य शकुन्तला राना ,नेकपा मसालका जिल्ला प्रबक्ता थम्मन के.सी, राजमो केन्द्रिय सद्स्य शेर बहादुर बि सि, सागर के.सी, अन्य पार्टीका प्रतिनिधि तथा बक्ताहरु नेकपा ए माओबादीका कमल खनाल ,नेपाली कांग्रेस का बैकल्पिक जिल्ला सचिब लोकेन्द्र बिक, नेकपा एमालेका जिल्ला सचिब राम बहादुर चाहान , पत्रकार महासंघ अर्घाखाँची जिल्ला अध्क्ष्य शोभाखर पन्थी लगायतले सम्बोधन गरेको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाको तेस्रो सम्मेलनको शुभकामना दिदै नयाँ बन्ने जिल्ला समितीले सक्षम नेत्रुत्व चुन्न सफल हुने भनाइ राखेका थिए।
राजमोले जेष्ठ २ गते शहीद टंक प्रसाद भुसालको वार्षिकीको अब्सर पारेर तेस्रो जिल्ला सम्म्लेन गरेको छ । शन्त बहादुर नेपाली पञ्चयाती शासकहरुको बर्बर यातना त कुट पिटबाट देस र जनताको संघर्समा बलिदानी दिएका शहीद टक भुसालको सालीकमा पुष्प गुछा चढाएका थिए ।
कार्यक्रममा रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा रक्तिम सास्कृतिक परिवारका गीत संगीत र पञ्चे बाजाको स्वरले बजार क्षेत्र गुजाय्मान बनेको थियो । राजमोले तेस्रो सम्मेलनको बन्द सत्र हल लाइनमा रहेको जय्सन्तोषीमा हलमा गर्ने र नयाँ नेत्रुत्वको चयन गर्ने भ्एको छ ।
अन्य तस्बिरहरुमा: