जेष्ठ ६ । भारतीय जनता पार्टी (भाजपा)को संसदीय दलको नेतामा नरेन्द्र मोदी सर्वसम्मतिले निर्वाचित भएका छन् । दलको नेता चुनिएसँगै मोदीलाई प्रधानमन्त्री बन्ने बाटो औपचारिक रुपमै खुलेको छ ।
पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीको प्रस्तावमा पार्टीका अरु वरिष्ठ नेताहरु मुरलीमनोहर जोशी, नितिन गडकरी, सुष्मा स्वराज, अरुण जेट्लीलगायत नौ जना नेताले समर्थन गरेका थिए ।
मोदीलाई नेता चुन्दै नेताहरुले मोदीको नेतृत्वमा देशले विकासको फड्को मार्ने विश्वास व्यक्त गरे । दलको नेता चुन्न चुनाव अधिकृतसमेत रहेका पार्टी अध्यक्ष राजनाथ सिंहले भारतले पहिलो पटक गैरकांग्रेसी सरकार पाएको भन्दै मोदीको नेतृत्वमा सशक्त, समृद्ध र स्वाभीमान भारत बनाउने उद्घोष गरे ।
दलको नेता चुनिएलगत्तै मोदीले निराशा छाडेर देश निर्माणमा लाग्न सबैलाई आग्रह गरेका छन् । विश्वमा समृद्ध भारत बनाउने जिम्मेवारी आफूहरुको काँधमा आएको भन्दै यो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्ने वचन पनि मोदीले दिएका छन् । (एजेन्सी)