संविधानसभा बाहिर रहेका दल र सरोकरवालाहरुलाई वार्तामा ल्याउने वातावरण बनाउन दुईवटा समिति

काठमाडौं, जेष्ठ ८ । संविधानसभा अन्तर्गतको राजनीतिक संवाद समितिको आज बसेको बैठकले संविधानसभा बाहिर रहेका दल र सरोकरवालाहरुलाई वार्तामा ल्याउने वातावरण बनाउन दुईवटा समिति बनाएको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले वार्ताको वातावरण बनाउनको लागि खुल्ला र गोप्य गरी दुईवटा समिति बनाएको छ । खुल्ला रुपमा वार्ताको लागि गोकर्ण बिष्ट, बालकृष्ण खाँण, महेन्द्र राय यादव, शिवलाल थापा र रेखा शर्मालाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, समितिले गोप्य वार्ता गर्नको लागि नरहरि आचार्य, सुरेन्द्र पाण्डे, शक्ति बस्नेत, सर्वेन्द्र शुक्ल र अशोक राईलाई जिम्मेवारी दिएको छ । – IMAGEKHABAR