एसएलसीको पूरक परीक्षा आगामी साउन २० गतेदेखि सञ्चालन हुने

३१ जेठ, काठमाडौं । प्रवेशिका परीक्षा (एसएलसी)को पूरक परीक्षा आगामी साउन २० गतेदेखि सञ्चालन हुने भएको छ । २०७० सालको एसएलसी परीक्षामा नियमित तथा एक्जाम्टेड समूहबाट परीक्षा दिई २ विषयसम्म अनुर्त्तीण भएका परीक्षार्थीहरु परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रणको कार्यालयले जनाएको छ ।
परीक्षा दिनका लागि आगामी साउन १५ गते भित्र विद्यार्थीले आवेदन फारम भरिसक्नुपर्ने छ । फारम शुल्क प्रतिविद्यार्थी तीन सय ५० रुपैयाँ लाग्नेछ । पनिकाको कार्यालयले विलम्ब दस्तुर तिरी निवेदन दिने म्याद भने राखेको छैन् ।
बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको प्रवेशपत्र भने पहिलेकै कायम गरिएको छ । उक्त प्रवेशपत्र हराएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकले २०७० सालको एसएलसी परीक्षामा २ विषय अनुर्त्तीण भएको, विषयको नाम, परीक्षार्थीको नाम, थर सिम्बोल नम्बर उल्लेख गरी विद्यार्थीको फोटो टाँसी प्रमाणित गरेर जिल्ला शिक्षा कार्यालयमा पठाउनुपर्ने छ । जसको लागि ५० रुपैयाँ राजश्व तिर्नुपर्ने छ । त्यसपछि जिशिकाले प्रतिलिपि प्रवेशपत्रको व्यवस्था गर्नेछ ।
विषय रद्द भएका परीक्षार्थीले भने परीक्षा दिन पाउने छैन् । 
ONLINEKHABAR