अर्घाखाँचीमा एसएलसी उतीर्णको संख्या घट्यो, प्रतिक्षा के.सी जिल्ला प्रथम

सन्धिखर्क, अर्घाखाँची २०७१ आषाढ ०१ । अर्घाखाँची जिल्लामा यस वर्ष एसएलसी उतीर्णको संख्या  घटेको छ । गत ३४.१६ प्रतिशत उतीर्ण भएकोमा यस वर्ष ३२.८६ प्रतिशत रहेको छ । 



जिल्लाका कुनैपनि विद्यालयको नतिजा शुन्य भएन । नियमित तर्फ ३ हजार ५२ जना परक्षार्थी मध्ये १ हजार ३ जना उतीर्ण भए । जसमा विशिष्ट श्रेष्णीमा ४८, प्रथममा ४ सय ४२, द्धितीयमा ५ सय ९ र तृतीयमा १४ जना उतीर्ण भएको शिक्षा कार्यालयले जनाएको छ । सामुदायिकतर्फ सदरमुकामको युवा वर्ष जनता रविचित्र मावि हटारीनेटा र जनसेवा मावि अडगुरी र नीजितर्फ पाँच  विद्यालयको नतिजा शतप्रतिशत आएको छ । ईक्जाम्टेड तर्फ १८ सय ५० विद्यार्थी मध्ये एक सय जना मात्र पास भए ।



 जिल्लाका ७१ सामुदायिक र १० नीजि विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।



प्रतिक्षा के.सी जिल्ला प्रथम



सदरमुकामको मदरल्याण्ड ईंग्लिश बोडिङ स्कुलकी प्रतिक्षा केसीले ८९.३७ प्रतिशत ल्याएर जिल्लामा प्रथम भएकी छिन । 



त्यस्तै मालिका ईंग्लिश बोडिङ स्कुलका नविन पाण्डेले ८९.१२ ल्याएर दोस्रो र वीरेन्द्र उमावि मरेङका जीवन पाण्डेले ८९ प्रतिशत ल्याएर तेस्रो भएका छन ।  सामुदायिक तर्फबाट भने उनी पहिलो भएका छन । 



Birendra KC, Editor contributed to this report.

अन्य समाचारहरु