अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची असार २ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष तथा प्रेस चौतारी नेपाल लुम्बनी अञ्चलका सदस्य हिम बहादुर जिसीलाई पत्नी शोक परेको छ । उहाँकी श्रीमती रेखा चौहान जिसीको ४७ बर्षको उमेरमा जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा निधन भएको हो ।
मञ्जरी प्राथमिक विद्यालय सन्धिखर्ककी स्थायी शिक्षिका समेत रहेकी जिसी नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रिय पार्षद थिइन । उनको निधन प्रति नेपाल पत्रकार महासंघ अर्घाखाँचीले दु:ख व्यक्त गरेको छ । महासंघका अध्यक्ष शोभाखर पन्थीले शोक वक्तव्य जारी गरि उपाध्यक्ष जिसीकी श्रीमतिको निधन प्रति दु:ख व्यक्त गरेको हुन ।
यस्तै प्रस चौतारी अर्घाखाँचीले पनि जिसीको निधन प्रति दुख व्यक्त गरेको छ । अध्यक्ष पार्वता श्रेष्ठले वक्तव्य निकाल्दै जिसीको निधन प्रति दुख व्यक्त गरेकी छिन । जिसीको निधन प्रति दुख व्यक्त गर्दै अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीले सदरमुुकाम सन्धिखर्ककमा शोक सभाको आयोजना ग-यो ।
शोक सभामा नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य रामलाल सुनार, नेपाली कांगेसका जिल्ला सचिव वासुदेव आचार्य, एमाओवादीका नेता विष्णु भुसाल, राष्ट्रिय जनकमोर्चाका नेता पशुपति ढकाल सहायक जिल्ला शिक्षा अधिकारी नरेन्द्र बेल्बासे महिला अधिकारकर्मी पवित्रा पौडेल, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, नेपाल शिक्षक संगठनका अध्यक्ष बावुराम आचार्य, सचिव धु्रव केसी लगायतले बोल्दै जिसीको योगदान बारे चर्चा गरेका थिए ।
स्वर्गीय जिसी विगत दुई दशक देखि शिक्षण पेशामा लाग्नु भएको थियो । जिसीको निधन प्रति नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशिल पत्रकार महासंघ लगायतका विभिन्न संघ सस्थाहरुले शोक वक्तव्य जारी गरि दुख प्रकट गरेका छन् ।