अहिलेसम्मको संविधान निमार्णको काम सन्तोषजनक रहेको भन्दै माघ ८ गतेभित्र संविधान बन्ने एकीकृत माओवादीका बाबुराम भट्टराईको ठोकुवा

एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले अहिलेसम्मको संविधान निमार्णको काम सन्तोषजनक रहेको बताएका छन् ।
संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराइले यही अवस्थामा अन्य काम भए माघ ८ गतेभित्र संविधान बन्ने ठोकुवा गरे । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर उनले अहिलेसम्मको काम सन्तोषजनक रहेको र तोकिएको समयमा संविधान बन्ने आधार तयार भएको बताए ।
अहिलेकै गतिमा दलहरु कुदे भदौ अन्तिमसम्म प्रतिवेदन तयार हुने उनले बताए । समितिमा राज्य पुनर्संचरनाका विषयमा छलफल शुरु भएको उनले जानकारी दिए । नेकपा-माओवादीलाई सहमतिमा ल्याउन प्रयास भइरहेको उनले सुनाए ।
SETOPATI
प्रकाशित मिति: बिहिबार, आषाढ १२, २०७१