आषाढ ३१ । लिबियाको अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण गरिएपछि सबै उडान रद्द गरिएका छन् । राजधानी ट्रिपोलीस्थित विमानस्थलमा गरिएको रकेट आक्रमणमा एकजना मारिनुका साथै १२ ओटा हवाईजहाजमा क्षति पुगेको छ ।
यसअघि लिबियाको बेन्घाजीस्थित विमानस्थलमा विद्रोहीले आक्रमण गर्दा दुई वर्षदेखि बन्द रहेको छ । यो आक्रमणले हवाई सेवा सञ्चालनमै असर पर्ने जनाइएको छ ।
रकेट आक्रमणलगत्तै लिबिया सरकारले सुरक्षाका लागि अन्तर्राष्ट्रिय संस्थाहरुलाई गुहारेको छ । सन् २०११ मा लिबियाका शासक मुआम्मर गद्दाफी मारिएपनि त्यहाँ संघर्ष भने जारी छ । (एजेन्सी)