प्रेमनारायण आचार्य
चुत्राबेसी, अर्घाखाँची १ साउन । अर्घाखाँचीको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला चुत्राबेसीमा आज देखि एक महिना धार्मिक साउने मेला शुरु भएको छ । धार्मिक मेलामा हजारौ भत्तक्तजनहरुको उपस्थिति रहने छ ।
आज देखि सुरु भएको साउने मेलाको सुरुको दिन आज बिहान चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्र सिबालय मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सनिधखर्क बजारका बिभिन्न भाग परिक्रमा गर्दै सन्धिखर्कमा रहेको शिबालय मन्दिरमा पुगेको थियो । कलश यात्रा सहित भजन तथा नाचगान समेत गरिएको थियो ।
त्यस मन्दिरमा देबघाटमा रहेको गंगाजीको जल लयाइउको हुनाले त्यसबाट जल लगि बोल बम भन्दै बजारका बिभिन्न भाग परिक्रमा गरि सिद्धेश्वर सिबालय मन्दिरमा रहेको स्फटिकको शिबलिंगमा अर्पण गरिएको छ । ऐतिहासिक , धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिबालय मन्दिरमा अहिले स्फटिकको शिबलिंग राखि दैनिक बैदिक बिधि पुर्बक पुजा आजा गरिदै आएको छ । स्फटिकको शिबलिंग भएको शिब मन्दिर नेपालकै इतिहासमा पहिलो भएको मन्दिर ब्यबस्थापन समितिले बताएको छ ।
साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर जलापर्ण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिबालय मन्दिरका संरक्षक नारायण खनालले बताएका छन । सिद्धेश्वरको प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पु-याउने छ ।
पाणिनि तपोभूमिमा साउने मेला
अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिमा साउन महिनाभर मेला सुरु भएको छ । साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर जलापर्ण सहितको कार्यक्रम राखिएको स्थानीय नारायण पोख्रेलले बताएका छन । पाणिनिको प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पु-याउने छ ।
ऐतिहासिक , धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल पाणिनि तपोभूमि अर्घाखाँचीको पणेना र पोखराथोक गाविसको शिरमा रहेको छ ।
हजारौं बर्ष पुरानो इतिहास बोकेको पाणिनि तपोभूमिमा प्राचीन कालमा तक्षशिला बिश्वबिद्यालयका प्राध्यापक भाष वैज्ञानिक महर्र्षि पाणिनि आइ तपस्या गरेको भन्दै आयोजकले यही कारण यस स्थानको महत्व बढी रहेको बताउदै आएका छन । यहाँ पाणिनिले भगवान् शिवको तपस्या गरेको बताइन्छ ।