सुनसरी, श्रावण २९ । पूर्वी पहाडी जिल्लाहरुमा भएको लगातारको बर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ । आज बिहान सात बजे गरिएको मापन अनुसार सप्तकोसीमा पानीको बहाव बढेर प्रति सेकेण्ड २ लाख ५१ हजार २ सय ३५ क्युसेक पुगेको छ ।
यो भन्दा अघि सप्तकोशी नदीमा पानीको बहाव २ लाख ३० हजारसम्म पुगेको थियो । पानीको बाहाव बढेपछी व्यारेजका ५६ ढोका मध्ये अहिले ३७ वटा ढोका खोलिएका छन् । सामान्यतया सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार नाघेपछि खतरा मानिन्छ ।
सप्तकोसीमा पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप चालक तथा सर्बसाधारणहरुलाई सचेत गराउन रातो बत्ती समेत बालिएको छ । उता, पानीको बहाव उच्च भएसंगै नदीले आसपासका बस्तीहरुमा कटान शुरु गरेको छ ।
नदीले सुनसरीको बराहक्षेत्र, महेन्द्रनगर, प्रकासपुर, मधुवन, पश्चिमकुसाहा, हरिपुर, श्रीपुर लौकही गाविसमा कटान शुरु गरेको हो । भारतले ३७ वटा मात्र ढोका खोल्दा नदीको पानी पूर्ण रुपमा जान नपाएर नेपाल तर्फको भू