काठमाडौं, भाद्र ४ । प्रदूषित खानेपानीका कारण मध्यपश्चिमका बाढी प्रभावित क्षेत्रमा महामारी फैलने खतरा बढेको छ । बाढीले खानेपानी आपूर्ति अवरुद्ध हुँदा सुर्खेत, बर्दिया र दाङका विस्थापित भेरी, बबई र राप्ती नदीको पानी पिउन बाध्य छन् ।
धमिलो पानी खाँदा महामारी फैलिन सक्ने सुझाव विज्ञहरुले दिएपनि विकल्प नहुँदा फोहोर पानी पिउन पीडित बाध्य भएका हुन् । सरकारले उद्धार र राहतमा गम्भीरता नदेखाएको भन्दै पीडितले आक्रोश पोखेका छन् ।
मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका निमित्त निर्देशक शिवदत्त भट्टले विस्थापितका लागि पानी शुद्धीकरण गर्न क्लोरिन र पियुष चक्की उपलब्ध गराएको बताए । कतिपय बेपत्ताको शव एवं मरेका जनावरका कारण विस्थापितमा महामारी फैलिनसक्ने समेत जनाइएको छ ।
विस्थापितमा भाइरल ज्वरो समेत देखिएकाले रोग फैलिएमा हुनसक्ने खतरालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मी र औषधि अलर्ट अवस्थामा राखेको महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.बाबुराम मरासिनीले जनाएका छन् ।
यसैबीच, पीडितको उद्धार र राहतका लागि संसद बैठक आगामी सोमबारसम्म स्थगित भइसकेको अवस्थामा दलहरु पनि आफ्ना कार्यकर्तालाई उद्धार र राहतमा जुट्न आह्वान गरिरहेका छन् ।
नेपाली कांग्रेसले बाढी