प्रेमनारायण आचार्य
अर्घाखाँची ८ भदौ । रोजगारीको सिलसिलामा कतारमा मृत्यु भएका ३ जनाको परिबारलाइ सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरि अर्घाखाँची सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ ।
अर्घाखाँचीबाट कतारमा रोजगारीको लागि गएको समयमा बिभिन्न कारणले मृत्यु भएका रोमाकान्त चुँदाली, नरेस अधिकारी र देबेन्द्र थापाको मृत्यु भएपछि अर्घाखाँची सेवा समाज कतारले कतारमा संकलन गरेको एक लाख २ हजार २ सय २ रुपिया रकम आज परिबारका सदस्यलाइ हस्तान्तरण गरिएको हो ।
संकलित रकम कार्यक्रमका प्रमुख अतिथि कमल प्रसाद भुसाल र कार्यक्रमका सभापति क्रान्ती सिंहले मृतक ३ जनाको परिबारका सदस्य बसन्ता चुँदाली,बसन्ता अधिकारी र मानबहादुर बस्नेतलाइ जनहि ३४ हजार ६७ का दरले बितरण गर्नु भएको हो ।
कार्यक्रममा काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल एमालेका जिल्ला सचिबालय सदस्य रामचन्द्र पोख्रेल, एमाओबादीका जिल्ला सचिब ठाकुरकुमार बिक, नेपालि काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, नेपाल दलित उत्थान संघका अध्यक्ष कमल बिक, अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्णप्रसाद भुसाल, पत्रकार महासंघ अर्घाखाँचीका सचिब प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम अर्घाखाँची सेबा समाजका प्रमुख सल्लाहाकार क्रान्ती सिंहको अध्यक्षता, बिष्णुप्रसाद भुसालको सञ्चालन र नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालको प्रमुख आतीथ्यतामो कार्यक्रम सम्पन्न भएको थियो ।