युक्रेनमा युद्धविरामकै अवधिमा गोलाबारी

काठमाडौं, भाद्र २२ । सरकार र विद्रोहीबीच युद्धविराम गर्ने सहमति भएको भोलिपल्टै दक्षिणपूर्वी युक्रेनी सहर मरिउपोल नजिक विस्फोटका आवाजहरु सुनिएका छन् । पूर्वी क्षेत्रमा लगातार रुपमा विस्फोट भइरहेको बीबीसीले जनाएको छ ।
यसअघि युक्रेन र रुसका राष्ट्रपतिहरुले पूर्वी युक्रेनमा पूर्ण रुपमा युद्धविरामको पालना भएको दाबी गरेका थिए । रेडक्रसले विद्रोहीहरुको कब्जामा रहेको लुहान्स्क सहरतर्फ गइरहेका सहायता सामग्री बोकेका ट्रकहरु गोलाबारीका कारण फिर्ता भएको बताएको छ ।
यसअघि शुक्रबार बेलारुसमा भएको छलफलपछि युक्रेन सरकार र विद्रोही समूह युद्धविराम गर्न सहमत भएका थिए ।
यद्यपि, युद्धविरामको पछिल्लो २४ घन्टामा गम्भीर भिडन्त भएको खबर नआएपनि गोलाबारी भने जारी रहेको स्थानीय संवाददातालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पछिल्लो केही महिनायता पूर्वी युक्रेनमा जारी संघर्षमा परी २६ सयभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । IMAGEKHABAR