काठमाडौं, आश्विन २३ – एमालेले सहमतिका नाममा तोकिएको समयतमा संविधान निर्माण गर्ने काम गुजार्न नहुने बताएकाे छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बिहीबार बसेको बैठकमा बोल्ने नेताहरुले प्रक्रियामा गएर भए पनि माघ ८ गतेभित्र संविधान बनाउनु पर्नेमा जोड दिएका छन् ।
बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि एमालेले अग्रणी भूमिका खेल्नु पर्ने उल्लेख गर्दै संघीयताका बिषयमा जातीय प्रदेश बन्न हुदैन भन्ने धारणा राखेका थिए । ‘जातीय राज्य बन्नु हुँदैन’ ओलीको भनाइ थियो, ‘बहुजातिय बसोबास भएको क्षेत्रमा बहुपहिचान हुनुपर्छ ।’ उनले संसारमा कही पनि सहमतिमा संविधान नबनेको दाबी गर्दै प्रक्रियामा गएर भए पनि तोकिएको समयमा संविधान बनाउने बताए । ‘संसारमा सहमतिबाट संविधा बनेको छैन,’ उनको भने, ‘प्रक्रियामा गएर भए पनि संविधान बनाउनुपर्ने अवस्था आउछ ।’ उनले संविधान निर्माणमा एमालेले लचकता अपनाएको उल्लेख गरेका थिए ।
वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी संविधान निर्माणमा सकरात्मक नभएको आरोप लगाएका थिए । ‘सहमतिका नाममा धेरै समय गुजार्नु हुदैन, संविधान निर्माण गर्ने काम रोक्नु हुदैन’ नेपाललको भनाइ थियो । एमाले नेता एबं सभासद पुशपति चौलागाईले नेपालको भनाइमा सांसदलहरुले समर्थन जनाएको जानकारी दिए । ‘सहमतिका नाममा संविधान बनाउने काम रोक्नु हुदैन भन्ने सभासदो जोड हो’ उनले भने, ‘सहमतिको प्रयास गर्दा पनि भएन भने एउटा प्रक्रियामा जार्नै पर्छ ।’
बैठकमा नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रक्रियामा गएर संविधान बनाए नमान्ने बताएर तोकिएको समयमा संविधान बनाउन नचाहेको आरोप लगाएका थिए । ‘संविधान बनाउने कुरामा प्रचण्ड सकरात्मक छैनन्’ नेपालको भनाइ थियो, ‘बाबुराम भट्टराईमा भने संविधान बनाउने हुटहुटी छ, उनको भनाइ पार्टीमा लागु हुने अवस्था छैन ।’ नेपालले सहमतिका लागि प्रयास भए पनि एमाओवादी, मधेशी दल सकरात्मक नभएको आरोप लगाएका थिए । उनले एमाओवादी संविधान निर्माणा सकरात्मक नभएको कुरा जनतामाफ लैजान सभासद्लाई आग्रह गरेका थिए ।
राष्ट्रिय एकतालाई बलिया बनाउने भन्दै ओलीले बैठकमा सभासद्लाइै नेपालको झण्डाको लोगो वितरण गरेका थिए ।
उपाध्यक्ष भीम रावलले राजनीतिक दलबीच भएको सहमतिबारे जानकारी दिएका थिए । उनले संविधान निर्माण र शान्ति प्रक्रिया अघि बढाउन दलहरुबीच सहमति गर्नु परेको जनाएका थिए । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कामकार्वाहीबारे जानकारी गराएका थिए । ekantipur