प्रेमनारायण आचार्य
सन्धिखर्क । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा १ र २ नम्बरको क्षेत्रयि भेला बिपिस्मृति भबन सन्धिखर्कमा आज सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै नेपालि काग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीका सभापति कमल प्रसाद भुसालले नेपालको लोकतान्त्रिक आनदोलनमा शिक्षकहरुले खेलेको भुमिकाको प्रशम्सा गर्दै शिक्षकका पेशागत हक र हितमा काग्रेस सधैभरि लाग्ने बताउनु भयो । उहाले सबै गाँउमा काग्रेसको संगठन मजबुद हुनुमा शिक्षकहरुको हात रहेको बताउनु भएको थियो ।
नेपाल शिक्षक संघकि केन्द्रिय सदस्य धना भण्डारीले पेशागत हक र हितको पक्षमा सधैभर शिक्षक संघ सधैभर लागेको बताउदै आफ्ना हक र अधिकारको लागि सबै शिक्षकहरु एकजुट हुनु पर्ने बताइन ।
कार्यक्रममा नेपालिक काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, जिल्ला सदस्य तथा महाधीबेसन प्रतिनिधि बिष्णु प्रसाद खनाल मुस्कान , कृष्ण प्रसाद खनाल, निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष प्रकाश भटराइ, शिक्षक संघका पशुपति भुसाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम शिक्षक संघका जिल्ला अध्यक्ष्न यादब घिमिरेको अध्यक्षता, उपाध्यक्ष सारदा भटराइको स्वागत मन्तब्य र सचिब माधब आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।