ठमाडौं, मंसिर १६ । सरकारले ६१ वटा नयाँ नगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषदअन्तर्गतको सामाजिक समितिको मंगलबार बसेको बैठकले स्थानीय विकास मन्त्रालयले सिफारिस गरेका ६६ मध्ये ६१ ओटा नगरपालिका बनाउने निर्णय गरेको हो ।
योसँगै मुलुकभर नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ । गत वर्ष सरकारले ७२ वटा नगरपालिका थप गरेको थियो ।
मन्त्रालयले सिफारिस गरेपनि समितिले नगरपालिका बनाउन अनुमति नदिएकाहरुमा ललितपुरको बज्रबाराही, स्याङ्जाको गल्याङ, तनहुँको भीमाद र भानु तथा बर्दियाको बबई रहेका छन् । यस्तै, इटहरी, धरान, जनकपुर, हेटौंडा, भरतपुर, बुटवल र नेपालगञ्ज नगरपालिकालाई उपमहानगरपालिका बनाइएको छ ।
नयाँ घोषणा गरिएका नगरपालिकाहरुमा काठमाडौं उपत्यका १६ ओटा रहेका छन् ।
काठमाडौं जिल्लामा नयाँ नगरपालिकाः
गोकर्णेश्वर, दक्षिणकाली, तारकेश्वर, शंखरापुरा, चन्द्रागिरी, बागेश्वरी मनहरा, टोखा, नागार्जुन र बुढानीलकन्ठ रहेका छन् ।
भक्तपुरमा नयाँ नगरपालिकाः
अनन्तलिंगेश्वर, सूर्यविनायक, चाँगुनारायण, महामञ्जुश्री नगरकोट नगरपालिका थपिएका छन् ।
ललितपुरमा नयाँ नगरपालिकाः
कार्यविनायक, गोदावरी र महालक्ष्मी नगरपालिका थपिएका छन् ।
काठमाडौं उपत्यकाबाहिरका नयाँ नगरपालिकाः
बैतडीमा पाटन, इलाममा देउमाई, झापामा शिव सतासी, मोरङमा लेटाङ भोगटेनी, सुनसरीमा रामधुनी भाषी, धनकुटामा पाख्रिबास, भोजपुरमा षडानन्द, संखुवासभामा मादी, सप्तरीमा सप्तकोसी, सिराहामा गोलबजार, सोलुमा दूधकुन्ड, बाजुरामा बढिमालिका, कैलालीमा भजनी त्रिशक्ति, डडेलधुरामा परशुराम, महोत्तरीमा बर्दिवास नगरपालिका घोषणा गरिएको छ ।
यसैगरी, कैलालीमा घोडाघोडी, कञ्चनपुरमा चाँदनी दोधारा र झलारी पिपलाडी, धनुषामा गणेशमान चारनाथ, मिथिला र सबैला, बर्दियामा सानोश्री, राराताल र बाँसगढी, दोलखामा जिरी, रामेछापमा मन्थली र रामेछाप, सिन्धुलीमा दुधौली नगरपालिका घोषणा गरिएको छ ।
यस्तै, बारामा महागढीमाई, सिम्रौनगढ, होल्हवी, रौतहटमा गरुडा, पर्सामा पोखरीया, चितवनमा माडी र नारायणी, काभ्रेमा काशीखन्ड, सिन्धुपाल्चोकमा मेलम्ची, लम्जुङमा सुन्दरबजार, कपिलवस्तुमा बाँणगंगा र बुद्धबाटिका, सुर्खेतमा भेरीगंगा, रुकुममा मुसिकोट, गोरखामा पालुङटार र दाङमा लमही र त्रिपुर नगरपालिका घोषणा गरिएको छ ।
६१ ओटा नगरपालिमा २ सय ५८ ओटा गाविस गाभिएको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
IMAGEKHABAR