युगाण्डाका राष्ट्रपतिद्धारा अन्तर्राष्ट्रिय फौजदारी अदालतको बहिष्कार गर्न अफ्रिकाका सबै देशसँग अपील

युगाण्डाका राष्ट्रपति योवेरी मुसेवेनीले अन्तर्राष्ट्रिय फौजदारी अदालत, आईसीसीको बहिष्कार गर्न अफ्रिकाका सबै देशसँग अपील गरेका छन् ।
अफ्रिकालाई दबाउनकै लागि फौजदारी अदालतको प्रयोग गरिएको भन्दै मुसेवेनीले बहिष्कारका लागि आह्वान गरेका हुन् ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतले पश्चिमाहरुको स्वार्थ पूरा गरिरहेको आरोप लगाउँदै उहाँले अफ्रिकी संघको आगामी बैठकमा अफ्रिकी मुलुकहरुको सामूहिक राजीनामाबारे प्रस्ताव ल्याइने बताए ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतका कानून व्यवसायीले केन्याका राष्ट्रपति उहुरु केन्याटाविरुद्ध लगाइएको मानवताविरुद्धको अपराधको मुद्दा फिर्ता लिएलगत्तै मुसेवेनीले यो धारणा व्यक्त गरेका हुन् ।
यद्यपि, उपराष्ट्रपति डेनियल रुटोविरुद्धको मुद्दा भने कायमै रहेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले अफ्रिकाका निर्वाचित नेता र उनका सहायकविरुद्ध यस्ता आरोप लगाउन नहुने मुसेवेनीको सुझाव छ ।
AGENCIES