वर्षासँगै मुलुकका विभिन्न स्थानमा चिसोले जनजीवन प्रभावित

ओखलढुंगा, मंसिर २८ – आइतबार भएको वर्षासँगै मुलुकका विभिन्न स्थानमा चिसोले जनजीवन प्रभावित बनेको छ । पानी परेपछि हिमाली क्षेत्रहरुमा हिमपात समेत भएको छ । सोलुखुम्बुको खुम्बुक्षेत्रमा शनिबार साँझदेखि नै हिमपात भइरहेको छ । खुम्बुक्षेत्रमा पर्ने चौंरीखर्क, नाम्चे र खुम्जुङ लगायतका गाविसमा एक फिटसम्म हिउँ परेको स्थानीयले बताए ।
‘हिजोदेखि हिउँ परिरहेको छ । सर्वसाधारण खासै बाहिर निस्कन सकेका छैनन् ।’ स्थानीय एलपी शेर्पाले टेलिफोनमा भने, ‘एक फिट जति परिसक्यो । अझै रोकिएको छैन ।’ हिमपात र चिसोको कारण पर्यटकको संख्या पातलिन थालेको छ ।
खुम्बुको लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे लगायतका ठाउँ पर्यटक बढी रहने क्षेत्र हुन् । हिउँले सेताम्मे भएपछि सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । स्थानीय विद्यालयको पठनपाठनलाई प्रभावित पारेको स्थानीयले बताए ।
ओखलढुंगाको जनजीवन पनि प्रभावित
ह्वात्तै बढेको चिसोले ओखलढुंगाको जनजीवन पनि प्रभावित भएको छ । पात्ले, जन्तरखानी, रावादोलु, भुसिंगा, खिजीफलाटे लगायतको लेकाली भेगमा पातले हिमपात भएको छ ।
स्थानीय विद्यालयहरुमा विद्यार्थीहरु जान नसक्दा पठनपाठन प्रभावित भएको छ । सामान्य वर्षाले गर्दा बाटो चिप्लो हुँदा ग्रामीण सडकमा सवारी संचालन गर्न कठिनाई भएको छ ।
आइतबार भएको वर्षासँगै मुलुकका विभिन्न स्थानमा चिसोले जनजीवन प्रभावित बनेको छ ।
मुस्ताङ
यस्तै हिमपातका  मुस्ताङ जिल्लाको जनजीवन कष्टकर बनेको छ । मुस्ताङको तापक्रम अहिले