फ्रान्सको राजधानी पेरिसस्थित चार्ली हेब्डो पत्रिकाको कार्यालयमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा १२ जना मारिएका छन् । मारिनेमा पत्रिकाका प्रधानसम्पादक स्टेफेन चारबोनिएर, पत्रिकाका चारजना कार्टुननिष्ट र कम्तिमा दुईजना प्रहरी अधिकृत पनि छन् ।
४७ वर्षीय चारबोनिएरमाथि ज्यानमार्ने धम्की आएपछि उनी प्रहरीको सुरक्षामा रहँदै आएका थिए । आक्रमणमा घाइते ७ जनामध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । पत्रिकाको सम्पादकीय बैठक चलिरहेका बेला आक्रमण भएको थियो ।
व्यंग्यात्मक सामग्री प्रकाशन गर्ने