एकीकृत माओवादीसहितको ३० दलीय मोर्चाले गरेको बन्दका कारण जनजीवन प्रभावित

सुनसरी, पोखरा, पौष २८ । पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान बनाउनुपर्ने माग राखेर एकीकृत माओवादीसहितको ३० दलीय मोर्चाले गरेको बन्दका कारण सोमबार दोस्रो दिन पनि पूर्वी तराईको जनजीवन प्रभावित भएको छ ।
पूर्वी तराईका सुनसरी, मोरङ, झापा, सप्तरी र सिराहाको जिल्लाको जनजीवन थप कस्टकर बन्दै गएको छ । बिहानै सडक र बजार बन्द गराउँंदै हिँडेका मोर्चाका कार्यकर्ताहरुले शैक्षिक संस्था, यातायात र कलकारखाना सन्चालन गर्न दिएका छैनन् ।
आइतबार किराँत, लिम्बुवान र खम्बुवान क्षेत्रमा बन्द गरेको मोर्चाले आज थरुहट प्रदेश बन्द गरेको संघीय समाजवादी पार्टी सुनसरीका सचिव ताजुव लिम्बुले बताए ।
बन्दका कारण, पूर्वी तराईका मुख्य धरान, इटहरी, दमक, विर्तामोड, काँकडभिट्टा, राजविराज, लाहान, मिर्चैयालगायतका बजारहरु पूर्ण रुपमा ठप्प छन् ।
उता, मोहन वैद्य नेतृत्वको नेकपा