जनकपुरमा ३० दलीय मोर्चाले गरेको बन्दमा प्रहरीले कुटेर आन्दोलनकारी हत्या गरेको आरोप लगाउँदै मधेस बन्दको आहृवान

जनकपुरमा ३० दलीय मोर्चाले गरेको बन्दमा प्रहरीले कुटेर आन्दोलनकारी राजाराम झाको हत्या गरेको आरोप लगाउँदै मंगलबार थप एक दिन मधेस बन्दको आहृवान गरिएको छ । मोर्चाको तर्फबाट संयोजक पुष्पकमल दाहालले विज्ञप्ती जारी गर्दै मंगलबार पनि मधेस, तराई, थरुहट, थारुवान बन्दको अपिल गरेका छन् । दाहालले धनुषामा प्रहरीले कुटेर झाको मृत्यु भएको दाबी गरेका छन् । दाहालले झालाई सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति दिन र घटनाको छानबिन गरी दोषिलाई कारबाही गर्न माग गरेका छन् ।

जनकपुर, पौष २८ । जनकपुरमा बन्दका क्रममा एकजनाको हृदयाघातबाट मृत्यु भएको छ ।
एमाओवादीसहितको मोर्चाले सोमबार आह्वान गरेको बन्दका क्रममा बजार बन्द गराउन जानकी मन्दिरबाट सुरु भएको जुलुसमा सहभागी राजाराम झाको मृत्यु भएको हो । भमरपुरा चोकमा पसल बन्द गराउनेक्रममा उनी एक्कासी ढलेका थिए ।
जुलुस पछाडि रहेको प्रहरीको गाडीले तत्कालै उद्धार गरी जनकपुर अन्चल अस्पताल पु