काठमाडौं । विवादस्पद छवि भएका ल्यारक्याल लामाले सभासद पदको सपथ लिएका छन ।
एकीकृत माओवादीबाट समानुपातिक कोटामा सभासद् बनेका लामालाई आज संविधान सभाका अध्यक्ष सुबास नेम्वाङले सपथ गराएका हुन् ।
इमेजखबरमा समाचार छ । सपथ ग्रहण कार्यक्रममा एमाओवादीबाट सभासद रामानारायण बिडारी मात्रै उपस्थित भएका थिए ।
एमाओवादीले सभासद् बनाएका शम्भु हजारी पासवान दलित आयोगमा पनि रहेको खुलासा भएपछि सर्वोच्च अदालतबाट उनको पद खारेज भएको थियो ।
सोही स्थानमा एमाओवादीले लामालाई लगेको हो । यसअघि झलनाथ खनालले अर्थ राज्यमन्त्री बनाएका लामासंग नेपाली नागरिकता, भारतीय राहदानी र तिब्बती शरणार्थी कार्ड रहेको सार्वजनिक भएपछि उनलाई एमालेले खनालले राज्यमन्त्रीबाट हटाएका थिए ।
लामालाई सभासद् बनाइएपछि एमाओवादीभित्रै पनि निकै विवाद देखिएको छ । इमेजखबरमा समाचार छ ।