तेह्रथुममा १६ जना हात्तीपाइलेका विरामी भेटिए

तेह्रथुम । तेह्रथुममा १६ जना हात्तीपाइलेका विरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमको अनुसार १६ जना हात्तीपाइले, फाइलेरिया र १४ जना हाइड्रोशिलका विरामी पाइएको हो ।
इमेजखबरमा समाचार छ। हात्तीपाइले रोगको निवारणका लागि आगामी फागुन २२, २३ र २४ गते तेह्रथुमसहितका पूर्वका जिल्लामा औषधी खुवाइने अभियान सञ्चालन गरिने मेडिकल अधिकृत डा. जय शाहले जानकारी दिए ।
सरकारले ६१ जिल्लामा हात्तीपाइले रोग निवारण कार्यक्रम नै सञ्चालन गरी चार वर्ष यता औषधी सेवन गराउँदै आएको छ ।
पुराना रोगका रुपमा मानिने यो रोगबाट नेपालका हिमाली र पहाडी क्षेत्रका १४ जिल्लाबाहेक लामखुट्टे पाइने अरु क्षेत्रका सर्वसाधारण संक्रमित हुन सक्ने बताइएको छ । इमेजखबरमा समाचार छ।