हिमपहिरोको जोखिमका कारण सर्वोच्च शिखर सगरमाथाको रुट परिवर्तन हुने

काठमाडौं  । हिमपहिरोको जोखिमका कारण सर्वोच्च शिखर सगरमाथाको रुट परिवर्तन हुने भएको छ ।
गत बर्ष १६ जना शेर्पा भरियाहरुको हिमपहिरोमा मृत्यु भएपछि अर्को महिनाबाट नयाँ रुट लागु गर्ने तयारी गरेको हो ।
विगत २५ बर्षदेखि लागु हुँदै आएको रुटको परिवर्तनबाट हिमपहिरोको जोखिम कम हुने विश्वास लिइएको छ ।
आरोहीहरुले अब सुरक्षित मार्ग केन्द्रिय मार्गको प्रयोग गर्ने जनाइएको छ । सरकारले केन्दिय मार्गको प्रयोगबाट जोखिम कम हुने जनाए पनि सगरमाथा प्रदुषण नियन्त्रण समितिका प्रमुख आङ दोर्जे शेर्पाले भने नयाँ मार्गको प्रयोगबाट पनि जोखिम कम नहुने बताएका छन् ।
सन् १९५५ देखि हालसम्म सगरमाथा आरोहणको क्रममा दुई सय १० जनाको मृत्यु भइसकेको छ । इमेजखबरमा समाचार छ ।