काठमाडौं । मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले वर्तमान संविधानसभाबाट संविधान जारी हुन नसक्ने निष्कर्ष निकाल्दै तत्काल संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिक सभामार्फत् निकास खोज्न पुनः माग गरेको छ ।
संविधानसभा चुनावपछि तितरवितर भएको ३३ दलीय मोर्चाको विहीबार बसेको बैठकले आफूहरुको मागलाई सम्बोधन गर्न दबाब दिन फाल्गुन २५ गते राजधानीमा विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।
मोर्चाका संयोजक एवं माओवादीका अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा दोस्रो संविधानसभाको विघटन, अधिकार सम्पन्न सर्वपक्षीय सभा गठन, राष्ट्रिय स्वाधीनतालगायतका विषयको सम्बोधनका लागि आन्दोलनको विकल्प नभएको उल्लेख छ । इमेजखबरमा समाचार छ।