संयुक्त खस क्षत्री नेपालद्धारा सबै जातजातिको आफ्नो भाषा, धर्म, साहित्य र संस्कृतिको रक्षा गर्न सरकारसँग माग

काठमाडौं, फाल्गुन ८ । उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सहिदको परिभाषाबारे पुनर्मूल्यांकन गर्नुपर्ने बताएका छन् ।
संयुक्त खस क्षत्री नेपालको ज्ञापनपत्र बुझ्दै शुक्रबार उनले परिवर्तनका लागि सहिदले पुर्‍याएको योगदानको सधैं सम्मान गरिने उल्लेख गरे । उनले धार्मिक सहिष्णुता, सामाजिक सहअस्तित्वको मर्म र भावनालाई आत्मसाथ गर्दै मलुक अघि बढ्नपर्ने बताए ।
संयुक्त खस क्षत्री नेपालले भने सबै जातजातिको आफ्नो भाषा, धर्म, साहित्य र संस्कृतिको रक्षा गर्न सरकारसँग माग गरेको छ ।
जनसंख्याको आधारमा राज्यको हरेक निकायमा सबै जातिको पूर्ण समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् । इमेजखबरमा समाचार छ ।