अफगानिस्तानमा हिमपहिरो र आँधीमा परेर कम्तिमा १ सय ८७ जनाको मृत्यु

अफगानिस्तानमा हिमपहिरो र आँधीमा परेर कम्तिमा १ सय ८७ जनाको मृत्यु भएको छ । हिमपहिरोमा घरहरु पुरिँदा १ सय २९ जना घाइते भएका छन् भने दर्जनौं बेपत्ता छन् ।
हिमपातबाट सबैभन्दा बढी प्रभावित उत्तरी पान्जिशर प्रान्तमा मात्रै ९० जनाभन्दा बढीको मृत्यु भएको छ । हिउँका कारण मृतकको दाहसंस्कारका समेत ढिलाइ भइरहेको  छ ।
राजधानी काबुलदेखि उत्तरतर्फको उक्त क्षेत्रमा हिमपात, वर्षा र आँधीपछि गएको हिमपहिरोका कारण  विद्यालय, मस्जिद र सयौं घर ध्वस्त भएका छन् । हिमपहिरो पछिल्लो तीन दशककै सबैभन्दा भीषण भएको प्रान्तीय गभर्नर अब्दुल रहमान काबिरीले जानकारी दिएका छन् ।
हिमपातका कारण बाटो अवरुद्ध हुँदा मुख्य प्रभावित क्षेत्रमा पुग्न नसकिएकाले वास्तविक विवरण आउन नसकेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
अफगानिस्तानकै अरु क्षेत्रमा पनि हिमपात र आँधीकै कारण १० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । AGENCIES