सेवाग्राहीका लागि सरकारले सरकारी कार्यालयमा लागू गरेको बाह्रघण्टे सेवा प्रभावकारी हुन नसकेको भन्दै नीतिगतरुपमा पुनरावलोकन गर्ने तयारी गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी सबैभन्दा भीड हुने सरकारी कार्यालयमा गत पुस १ गतेदेखि दुई शिफ्टमा सेवा सञ्चालनमा ल्याएको थियो ।
कर्मचारीको अभाव, सवारी साधनको अभाव र सेवाग्राहीका लागि आवश्यक पर्ने अन्य सुविधा उपलब्ध नभएकाले नीतिगत रुपमा परिवर्तन गर्नुपर्ने देखिएको हो ।
सूचना तथा सञ्चार मन्त्रालयको आयोजनामा सोमबार भएको प्रवक्ता भेटघाटमा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बाह्रघण्टे सेवाका विषयमा सेवाग्राही एवम् कर्मचारीमा थुप्रै गुनासा आएकाले त्यसलाई पुनरावलोकन गर्ने तयारीमा पुगेको जानकारी दिए।
उनले भने,