पपुआ न्यूगिनीमा भूकम्पको झट्का महशुस गरिएपछि प्रशान्त महासागरको तटीय इलाकामा सुनामीको चेतावनी

पपुआ न्यूगिनीमा भूकम्पको झट्का महशुस गरिएपछि प्रशान्त महासागरको तटीय इलाकामा सुनामीको चेतावनी दिइएको छ ।
प्रशान्त महासागर सुनामी केन्द्रले रुस, चीन, जापान, अष्ट्रेलिया र इन्डोनेसियासम्म सुनामी फैलन सक्ने चेतावनी दिएको हो ।
केन्द्रका अनुसार सुनामीले पपुआ न्यूगिनीको कोकोपो सहरबाट एक हजार किलोमिटरसम्मको दूरी समेट्ने छ ।
पपुआ न्यूगिनीमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएपनि मानवीय क्षति भने भएको छैन । (एजेन्सी)