मलेसिया गएका अर्घाखाँची नुवाकोट-पान्डाँडाका बिनोद खत्रीको सडक दुर्घटनामा परी मृत्यु

सन्धिखर्क, अर्घाखाँची । वैदेशिक रोजगारीका लागि मलेसिया गएका अर्घाखाँची जिल्लाको नुवाकोट – ५ पान्डाँडा निबासी बिनोद खत्रीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

 


मृतक बिनोद खत्री ।  तस्बिर – दामोदर जिसी 

 

छुट्टीको बेला साथीहरु सँग घुम्न जाने क्रममा दुई वटा गाडी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २९ बर्षिय उमेरमा खत्रीको मृत्‍यु भएको हो ।  



उनी छुट्टीमा रहदा दुर्घटना भएकोले र कम्पनीबाट क्षतीपुर्ती नपाउदा त्यहाँ रहेका नेपालीहरुको सहयोगमा उनको शब ९ दिनपछि बिहीवार १२:३० बजे काठमाडौं ल्याइने भएको मृतकका साला दामोदर जिसीले अर्घाखाँची डट्कमलाई काठमाडौंबाट बताए । 



सडक दुर्घटनामा परी गत महिना मार्च २४ गते उनको मृत्यु भएको जिसीले बताए । मृतक खत्रीका श्रीमती र एक ४ बर्षका छोरा छन ।



उनी २ वर्षअघि बि एस म्यानपावर कम्पनी सामाखुशी काठमाडौंबाट रोजगारीका लागि मलेसिया गएका थिए । क्षतीपुर्ती लागि सो म्यानपावर मार्फत कुरा अगाडि बढाइने जिसीले जानकारी दिए ।   



खत्रीको शवलाई बिहीवार नै अर्घाखाँची लगिने  भएको छ ।

अन्य समाचारहरु