काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले यो संविधानसभाले संविधान नबनाएमा मुुलुक अफ्ठेरोमा पर्ने बताएका छन् ।
उपत्याका राष्ट्रिय दैनिक दिशानिर्देश राष्ट्रिय साप्ताहिक र दिशानिर्देश प्रेस क्लबको १२ औ बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभाध्यक्ष नेम्वाङले यो संविधानसभाको कुनै बिकल्प नरहेको बताए ।
उनले यो संविधानसभाले जसरीपनि संविधान बनाउने दावी गरे । उनले अब संविधान जारी गर्ने नयाँ मिति तोक्न जरुरी रहेको धारणा राखे ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले यो बर्षमा जसरी पनि संविधान जारी गर्नुपर्ने बताए । उनले संविधान निर्माणका लागि इमान्दार र सार्थक प्रयास गर्नुपर्ने बताए ।
नेकपा एमालेका सचिब प्रदीप ज्ञावलीले अहिलेको अबस्था अनन्तकालसम्म लम्बीन नसक्ने बताए । बिपक्षी मोर्चा सार्थक संवादका लागी तयार हुनुपर्ने तर्क गरे ।
सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले संविधान आफुहरु प्रक्रियामा जानै हुन्न भन्ने पक्षमा नरहेको बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जातीबाद र बिखण्डनबाद संविधानसभामा हावी भएको बताए । इमेजखबरमा समाचार छ ।